काठमाडौं । चालू आर्थिक बर्ष २०७७/७८ का पहिलो महिना अर्थात साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशतमा सिमित रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । चालू आबका खाद्यान्न तथा तरकारीको मूल्य बढेपनि निर्माण सामग्रीको मूल्य घट्दा समग्र मुद्रा स्फीति घट्न पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।…