Logo

निर्माण सामग्रीको मूल्य घट्दा मुद्रास्फीति ३.४९ प्रतिशतमा सिमित, आकासियो खाद्यान्न र तरकारीको मूल्य

निर्माण सामग्रीको मूल्य घट्दा मुद्रास्फीति ३.४९ प्रतिशतमा सिमित, आकासियो खाद्यान्न र तरकारीको मूल्य



काठमाडौं । चालू आर्थिक बर्ष २०७७/७८ का पहिलो महिना अर्थात साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशतमा सिमित रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो ।

laxmi

चालू आबका खाद्यान्न तथा तरकारीको मूल्य बढेपनि निर्माण सामग्रीको मूल्य घट्दा समग्र मुद्रा स्फीति घट्न पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

२०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ । २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेकोछ ।

२०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको छ । तर साउन महिनामा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा पहाडमा सबैभन्दा कम २.७२ प्रतिशत, काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ साउनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.३४ प्रतिशतले बढेको छ । सरकारी तथा निजीक्षेत्रमा भएको तलव वृद्धिको प्रभाव स्वरुप अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १३.४३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १.०३ प्रतिशत र ज्यालादर सूचकाङ्क १.४३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL