Logo

शोधनान्तर स्थिति ५१ अर्ब बचतमा, कोरोनाका कारण खुम्चियो वैदेशिक लगानी

शोधनान्तर स्थिति ५१ अर्ब बचतमा, कोरोनाका कारण खुम्चियो वैदेशिक लगानी



काठमाडौं । देशको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँ बचतमा रहेको छ । आर्थिक बर्ष २०७६/७७ को पहिलो महिनामा ६ अर्ब ५ करोड रपैयाँले मात्र बचतमा रहेको सोधनान्तर स्थिति चालू आबको सोही अबधिमा आईपुग्दा ४४ अर्ब ४१ करोड रुपैयाँले वृद्धि हुँदै ५१ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

laxmi

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ । आयात व्यापारमा आएको गिरावट तथा देशमा भित्रने रेमिटान्स वृद्धिदर उच्च रहेका कारण देशको शोधनान्तर स्थिति बचत बढेको हो ।

यसैगरी समीक्षा अवधिमा चालु खाता बचत पनि बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो चालू खाता घाटा आलू आबको सोही अबधिमा आईपुग्दा २५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ ।

तर सो अबधिमा प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको छ । कोरोनाको कारण सो अबधिमा प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी १ अर्ब ३९ करोड रुपैयाँमा मात्र भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रुपैयाँ भित्रिएको थियो ।
सो अबधिमा विदेशी विनिमय संचिती भने बढेको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६० अर्ब ३८ रुपैयाँ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थामा १ खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । २०७७ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL