काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर महानगरका साढे २ लाख घरधुरीलाई राहत वितरण गरेको छ । लककडाउन सुरु भएको केहीदिन अघिदेखि राहत वितरण गर्न थालेको महानगरपालिकाले हालसम्म उक्त घरधुरीमा वितरण गरेको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार हालसम्म विभिन्न वडा कार्यलयमार्फत झण्डै ५ करोड ६५ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको हो ।…