सोलुखुम्बु । सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ । विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए । कार्यालयका अनुसार सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको विमानस्थलमा पहिलोपटक विसं २०३२ मा पिलाटस विमानले उडान…