काठमाडौं । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ जना यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जानकारी दिएको छ । उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन्…