काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले उपभोक्ता हितलाई वेवास्ता गर्दा ग्राहकको हजारौ रुपैयाँ अतिरिक्त खर्च हुने गरेको छ । प्रायः सबै कम्पनीको गुणस्तर एकदमै कमजोर रहेका कारण दैनिकजसो उपभोक्ता इन्टरनेट कम्पनीका ग्राहक सेवा केन्द्रहरुमा फोनबाट गुनासो गर्न बाध्य हुने गरेका छन् । जसका कारण ग्राहकहरुले इन्टरनेट कमपनीले निर्धारण गरेको मासिक शुल्ककै हाराहारीमा टेलिफोनमा पनि खर्च गरिरहेका…