Logo

संस्थापक सेयर धितोमा कर्जा लिन राष्ट्र बैंकको कडाई, यस्तो छ नयाँ व्यवस्था

संस्थापक सेयर धितोमा कर्जा लिन राष्ट्र बैंकको कडाई, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक सेयर धितोमा कर्जा लिन कडाई गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ जारी गर्दै कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको २ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको सेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न पाउने भएका छन् ।

त्यसरी स्वीकृति माग गर्दा जुन संस्थाको सेयर धितो राखिने हो सो संस्थाले निजको सेयर स्वामित्व तथा धितो रहे नरहेको विवरण समेत पेश गरी स्वीकृति माग गर्नु पर्नेछ ।

तर संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाइने छैन । तर, ०.५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले सेयर धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL