काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको हो । अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले हस्ताक्षर गरेका…