Logo

राष्ट्र बैंकबाट निक्षेप र कर्जा परिचालनलाई लाइसेन्स लिएका बैंक तथा वित्तीय संस्थाको लगानी सेयर बजारमा, ब्याजभन्दा सेयर खरिद बिक्री आम्दानी बढी

राष्ट्र बैंकबाट निक्षेप र कर्जा परिचालनलाई लाइसेन्स लिएका बैंक तथा वित्तीय संस्थाको लगानी सेयर बजारमा, ब्याजभन्दा सेयर खरिद बिक्री आम्दानी बढी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु उद्योग व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारभन्दा सेयर बजारको लगानीमा बढी केन्द्रित भएका छन् । नेपाल राष्ट्र बैंकबाट निक्षेप तथा कर्जा परिचालनका लागि लाइसेन्स लिएका बैंक वित्तीय संस्थाले क्षणिक लाभका लागि बढ्दो सेयर बजारमा लगानी गरेर उच्च आम्दानी गर्न केन्द्रित भएका हुन् ।

laxmi

राष्ट्र बैंकबाट तोकिएको क्षेत्र तथा देशमा औद्योगिक प्रवद्र्धनका कर्जा प्रबाह गर्ने उद्देश्य अनुरुप लाईसेन्स लिएका संस्थाहरुले आफ्नो उद्देश्यभन्दा बाहिर गएर क्षणिक लाभका लागि बढ्दो सेयर बजारमा लगानी गरेर उच्च आम्दानी गरेका छन् । विशेषगरी पछिल्लो समय विकास बैंक र फाइनान्स कम्पनीले उद्देश्यभन्दा बाहिर भएर सेयर बजारमा ठूलो मात्रामा लगानी गरेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

पछिल्लो समय कर्जा तरलता (लगानी योग्य पूँजी) बढी हुँदा प्रतिस्पर्धाले कर्जाको घट्दो ब्याजदरका कारण बैंकहरुले जति मूल्यमा आउँदा त्यतिमै सेयर उठाई मूल्य बढाएर सेयर बजारमा लगानी गरेका छन् ।

बजारमा वास्तविक लगानीकर्ताहरु बजार क्रयास हुँदा फस्ने डरले जतिमा सप्लाई आउँछ त्यतिमा सेयर उठाउन डराईरहेका छन् । तर बैंक तथा वित्तीय संस्थाहरुले भने बजारलाई क्षणिक रुपमा बढाएर बाहिरिने सोचमा जतिमा सेयर सप्लाई आउँछ त्यतिमै उठाईरहेका एक ठूला लगानीकर्ताले जानकारी दिए । ‘अहिले सेयर बजारमा वास्तविक लगानीकर्ता भन्दा पनि बैंक तथा वित्तीय संस्थाले जतिपनि मूल्यमा सेयर उठाउँदा ‘ड्राई आउट’ को समस्या देखिएको छ, ती लगानीकर्ताले भने, ‘बजारमा ठूलो मात्रामा बैंकको लगानी भित्र्दा सप्लाईभन्दा माग बढी देखिएको छ ।’

चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरेका विकास बैंक तथा फाइनान्स कम्पनीको नियमित व्याज आम्दानीभन्दा बढी सेयर बजारमा गरेको लगानीबाट हुने आम्दानीको हिस्सा बढी रहेको समेत एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । साथै कतिपय फाइनान्स कम्पनीको दोस्रो त्रैमासको आम्दानीको मुख्य स्रोत नै सेयर बजारमा लगानी गरेर आएको आम्दानी रहेको समेत उक्त स्रोतले बताएको छ । पछिल्लो समय बैंक तथा फाईनान्स कम्पनीका सीईओ तथा उच्चपदस्थ कर्मचारीहरुले नयाँ कर्जा विस्तारका लागि रणनीति बनाउने भन्दा पनि ११ बजेदखि बजार चलुन्जेल सेयर कारोबारमै व्यस्त हुने गरेका छन् ।

पछिल्लो समय नियामक निकायको फितलो नियमनका कारण बैंक तथा वित्तीय संस्थाले आफ्नो उद्देश्यभन्दा बाहिर गएर सेयरको दोस्रो बजारमा लगानी बढाएका छन् । यस विषयमा ब्यापक गुनासो बढेपछि राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीले सेयर बजारमा गरेको लगानीको छानविनका लागि भन्दै विस्तृत विवरण माग गरेको छ ।

इन्साइडर ट्रेडिङको मारमा बजार

बजारमा बैंक तथा वित्तीय संस्थाका प्रमखु तथा उच्च पदमा रहेका व्यक्तिहरुले नै इन्साइडर टे«डिङ गर्न थालेका छन् । उनीहरुले सुरुमा आफु र आफन्तको नाममा न्यून मूल्यमा सेयर उठाउने र पछि त्यहीँ कम्पनीको सेयर आफु आवद्ध कम्पनीबाट खरिद गरेर सर्किट लगाउँदै मूल्य बढाउने गरेका छन् ।

आफुले न्यून मूल्यमा खरिद गरेको सेयर आफु आवद्ध संस्थाबाट बजारमा जति सप्लाई आयो त्यति नै उठाएर ड्राईआउट गर्दै मूल्य बढाएर इन्साइडर ट्रेडिङ गर्दै आएका छन् । यदि नियामक निकायले इन्साइडर ट्रेडिङलाई रोक्न कडा नियम बनाएस नियमन नगर्ने हो भने बजारमा अन्य लगानीकर्ताहरु फस्ने सम्भावना उच्च रहको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL