Logo

माउन्टेन इनर्जी जोडिने कुश्मा–दाना प्रशारणलाईन निर्माण सम्पन्न, बिहीबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

माउन्टेन इनर्जी जोडिने कुश्मा–दाना प्रशारणलाईन निर्माण सम्पन्न, बिहीबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



काठमाडौं । कुश्मा–दाना प्रशारण लाईन संचालनमा आउने भएको छ । लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको २२० केभी कुश्माको खुर्कोटदेखि दानासम्मको उक्त प्रशारणलाईन बिहीबार (भोली) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

laxmi

म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्ने उद्देश्यले निर्माण गरिएको २२० केभी क्षमताको उक्त सवस्टेसन बिहीबार प्रधानमन्त्रीले उद्घाटन गरेसँगै संलानमा आउने भएका हो ।

कुल २ अर्ब ९० करोड रुपैयाँमा निर्माण सम्झौता भएको सो आयोजना २०७५ साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विविध कारणले गर्दा त्यसको साढे २ बर्ष पनि संचालनमा आउन लागेको हो ।

उक्त सवस्टेशन निर्माण सम्पन्न भएसँगै मुस्ताङको टुक्चेमा निर्माणधित १४ मेगावाट क्षमताको थापाखोला तथा माउण्टेन इनर्जीले बनाईरहेको ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड सहज भएको छ । साथै उक्त सवस्टेनशन संचलनमा आएसँगै निर्माण चरणमा रहेका ४० मेगावाटको राहुघाटलगायत करिव १ दर्जन आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोड्न सहज भएको छ ।

प्रशारणलाईनको आभावले जलविद्युत आयोजना सम्पन्न भएपनि विद्यत खेर गईरहेको अवस्थमा निर्माण सम्पन्न अवस्थामा रहेको माउण्टेन इनर्जीले बनाईरहेको ४२ मेगावाटको मिस्त्रीखोला आयोजना भने निर्माण हुने वित्तीकै राष्ट्रिय प्रशारणलाईनमा जोडिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रूपमा अध्यक्ष चन्द्रप्रसाद ढकाल, सुहृद घिमिरे, डोलराज शर्मा, मनोहरदाश मुल, श्यामसुन्दर खेतानलगायत प्रवद्र्धक रहेको माउन्टेन इनर्जी द्वारा निर्माण भइरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाले अबको ६ महिनाभित्रै उत्पादन शुरु गर्ने भएको छ ।

पछिल्लो समय सबैभन्दा कम लागतमा भनेको मिस्त्रीखोला खायोजना चाडैनै प्रशारण लाईनमा जोडिने सर्वसाधारणलाई सेयर जारी गरेको सबैभन्दा ठूलो जलविद्युत आयोजना समेत हो । हाल माउन्टेन इनर्जीले बनाएको तादीखोला थप्रेकको ५ मेगावाटको जलविद्युत आयोजना ७ बर्ष अघिदेखि नै संचालनमा आईसकेको छ । ५ मेगावाटको थप्रेक जलविद्युत आयोजना ७ बर्षदेखि नै संचालनमा आईसकेको र सबैभन्दा कम लागतमा बनेको ४२ मेगावाटको मिस्त्रीखोला समेत ६ महिनाभित्रै संचालनमा आउने भएका कारण माउण्टेन इनर्जीले उच्च प्रफिल दिने भन्दै लगानीहरुसमेत उक्त कम्पनीको सेयरमा झुम्मिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL