Logo

सनराइज बैंकको क्यूआर सेवा विराटनगरमा, रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने

विराटनगर । विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ । सनराइज बैंकले विराटनगरको टेम्पोरई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेसँगै नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको हो । विराटनगरको बरगाछी स्थित केशरी चन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको सुरुवात भएको छ । बैंकले प्रथम चरणमा ७० वटा टेम्पोरई–रिक्सामा क्यूआर वितरण गरेको छ ।…