Logo

५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला ८८ हजार रुपैयाँ पुगेको हो । मंगलबार नेपाल बजारमा सुन प्रतितोला ८७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बुधबार १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL