काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस विरुद्ध सावधानी नअपनाए पुनः लकडाउनमा जानुको विकल्प नरहेको बताए । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिकसाधारण सभामा बोल्दै उनले सक्दो सावधानी नअपनाए पुनः पहिलेकै जस्तो अवस्था आउन सक्ने बताएका हुन् । पछिल्लो समय कोभिड–१९ को प्रकोप बढेको भन्दै उनले सक्दो सचेतना अपनाउनसमेत आग्रह गरेका छन्…