Logo

सनराइज बैंकको क्यूआर सेवा विराटनगरमा, रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने

सनराइज बैंकको क्यूआर सेवा विराटनगरमा, रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने



विराटनगर । विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ । सनराइज बैंकले विराटनगरको टेम्पोरई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेसँगै नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको हो ।

laxmi

विराटनगरको बरगाछी स्थित केशरी चन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको सुरुवात भएको छ ।

बैंकले प्रथम चरणमा ७० वटा टेम्पोरई–रिक्सामा क्यूआर वितरण गरेको छ । टेम्पो तथा ई–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL