Logo

कुमारी बैंकको २० औं वार्षिकोत्सवमा बिभिन्न कार्यक्रम, सरसफाईदेखि वृक्षारोपणसम्म

कुमारी बैंकको २० औं वार्षिकोत्सवमा बिभिन्न कार्यक्रम, सरसफाईदेखि वृक्षारोपणसम्म



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको सु–अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी आफ्नो लामो बैंकिङ इतिहासलाई भव्यताका रूपमा मनाएको छ बैंकले आफ्नो प्रदेश– २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ।

laxmi

यसै सन्दर्भमा बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेको छ । राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेको छ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेको हो । यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– २मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL