Logo

भेष्पाको ग्राहक केन्द्रित ‘हन्ड्रेड कस्टमर रिक्रियसन राइड’ सम्पन्न, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना

भेष्पाको ग्राहक केन्द्रित ‘हन्ड्रेड कस्टमर रिक्रियसन राइड’ सम्पन्न, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना



काठमाडौं । भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘हन्ड्रेड कस्टमर रिक्रियसन राइड’ सम्पन्न गरेको छ ।

laxmi

‘ग्राहकबीच अन्तरक्रिया गराउन, भेहिकलको पर्फमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरिएको कम्पनीले जनाएको छ । दुगड ब्रदर्स एन्ड सन्सका उपाध्यक्ष विजय महतोले भेष्पा ब्रान्डलाई थप परिचित गराउन ‘हन्ड्रेड कस्टमर रिक्रियसन राइड’को आयोजना गरिएको बताए ।

राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । कम्पनीकी मार्केटिङ म्यानेजर करुणा पुडासैनीले प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको र पहिलो रोजाईमा भेष्पा रहेको बताइन् ।

भेष्पा राइडमा मनोरञ्जनका लागि थ्री लेग गेम, रोप पुलिङ, क्यारी योर पार्टनर रेस, भलिबल र कम्युनिकेशन ग्याप लगायतका खेलहरु आयोजना गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL