काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्साल, काठमाडौस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा भवनको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको…