काठमाडौं । नेकपा (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग पुर्याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ । उक्त प्रकरणमा सचिव रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको…