Logo

सोमबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुन–चाँदीको मूल्य घटेको छ । आइतबार पनि सुन–चाँदीको मूल्य घटेको थियो । आइबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको छ ।

laxmi

आइतबार यसको मूल्य १ लाख १२ हजार ९ सय रुपैयाँ प्रतितोला थियो । आइतबारको तुलनमा सोमबार तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले नै घटेर १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य १ हजार ४ सय ५५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL