काठमाडौं । आर्थिक वर्ष २०८०र०८१ को बजेट मार्फत् सरकारले म्याद थप लगायतका महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरूका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो…