Logo

संसदमा केपी ओलीको आरोप : व्यापारीले पारिपट्टी मोटरसाईकलको पार्टपुर्जा खोलेर वारी ल्याई जोडेर भन्सार छुट लिए

संसदमा केपी ओलीको आरोप : व्यापारीले पारिपट्टी मोटरसाईकलको पार्टपुर्जा खोलेर वारी ल्याई जोडेर भन्सार छुट लिए



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले तयारी वस्तूलाई पनि कच्चा पदार्थ भनेर भन्सार छुटको फाईदा व्यापारीले लिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको आगामी आर्थिक बर्षको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले सवारीसाधनको पार्टपुर्जा र तयारी वस्तुमा भन्सार दर फरक गरेपछि यसको फाईदा व्यापारीहरुले अर्कै तरिकाले लिईरहेको बताएका हुन् ।

‘व्यापारीहरु नेपाल छिर्ने नाकाको पारिपट्टीसम्म बनिबनाउ सवारीसाधन ल्याएर सिमा नजिकै पार्टपुर्जा छुट्टाछुट्टै पार्छन, वारी ल्याएर जोड्छन,’ उनले भने, ‘यसरी व्यापारीहरुले पनि भन्सार छुटको फाईदा लिईहेका छन् ।’

सरकारले नेपालमा सवारी एसेम्बल गर्ने कम्पनीका लागि विशेष सहुलियतसँगै सवारीसाधनको पार्टपुर्जाको आयातमा भन्सार छुट दिने गरेको छ । तर, यसको फाईदा व्यापारीले अर्कै तरिकाले लिईरहेको ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL