Logo

Global_Ime

मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगड निर्बिरोध, यस्तो छ १७ सदस्यीय कार्यसमिति

मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगड निर्बिरोध, यस्तो छ १७ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगडले निरन्तरता पाएका छन् । गएको आईतबार बसेको संघका २३ औं बार्षिक साधारण सभाले उनलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो ।

Laxmi_sunrise
KBL

सभाले प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयनका, तृतिय उपाध्यक्ष बिकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाललगायत कास सदस्य सहित १७ जनाको नयाँ कार्य समिति सर्बसम्मत चयन गरेको छ ।

यस्तै सभाले मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुबिधा दिन पहल गर्ने, नेपालमा गहुंको उत्पादन बढाउन नेपाल सरकार, किसान र ब्यवसायी मिलेर दिर्घकालिन नीति गर्जुमा गर्नेलगायतका निर्णयहरु पनि पारित गरेको छ ।

यस्तैमैदाको कच्चा पदार्थ गहुं नेपालको उत्पादनले मात्र नपुग्ने हुंदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने, मैदा नेपालमा आत्मनिर्भर भैसकेकोले विदेशबाट मैदा आयातको आवस्यक नपर्ने, नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगाएत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुंदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्नेलगायतका निर्णयहरुसमेत उक्त साधारणसभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC