Logo

स्वर्णिम वाग्लेको प्रश्न : केहि व्यापारीको स्वार्थमा करको दर हेरफेर भएको हो कि होइन ?

स्वर्णिम वाग्लेको प्रश्न : केहि व्यापारीको स्वार्थमा करको दर हेरफेर भएको हो कि होइन ?



काठमाडौं । रास्वपा सांसद तथा अर्थविद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको होइन भनेर विश्वासिलो जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको सुरुवातमै समय लिएर बोलेका डा. वाग्लेले अर्थमन्त्रीलाई कलंकको टिका नलागोस् भन्ने आफ्नो कामना रहेको बताए ।

‘गत वर्षको निश्चित विचौलियाका डिजाइनमा करका दर परिवर्तन गरेको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको थियो । रास्वपा त्यस्तो कलंक बोक्नु नपरोस् भन्ने कामना गर्छ’, डा. वाग्लले भने, ‘हामी रचनात्मक विपक्षको भूमिका निर्वाह गर्न चाहन्छौँ । स्पन्जदेखि बिलेट, आलु–प्याजसम्मका दर प्रभावित गरेका विषय आएका छन् । धेरैलाई चासो र जानकारी नै नहुने विषय त्यहाँबाट प्रभावित हुन सक्छन् । यसको विषयमा अर्थमन्त्रीको विश्वासिलो जवाफ आओस् ।’

उनले एचएस कोडका विज्ञलाई विधि र प्रक्रिया पुर्‍याएर सल्लाहकार राखिएको हो कि होइन भनेर समेत प्रश्न राखेका छन् । ‘यत्रो लामो अभ्यासमा एचएस कोडका विज्ञ एक वा दुई जना मात्र भएका हुन् ?’, डा. वाग्लेले भने, ‘यदि त्यस्तो हो भने अबका दिनमा यस्तो अवस्था नआउनका लागि अर्थमन्त्रीले काम गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This