काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आज जिल्ला अदालत काठमाडौंमा अभियोजन (मुद्दा) दायर गर्ने तयारी भएको छ । यो प्रकरणमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको छ । सीआईबीको फाइल अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनको तयारी गरेको हो ।…