काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसीं)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै छन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने छ । सो भ्रमणको आवश्यक तयारी एवं व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण काम पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको…