Logo

सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तको नाफालगायतको प्रमुख सूचकहरुमा आकर्षक वद्धि भएको छ । यसअवधिमा खुद नाफा २०८.४४ प्रतिशतले बढेर ११ करोड ७४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो संस्थाले ३ करोड ८० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ४१.३० प्रतिशतले बढेर ४५ करोड ३ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले ३१ करोड ८७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्ष ४ करोड ६४ लाख २२ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी असार मसान्तसम्म १६ करोड २७ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७९ पैसाले बढेर ४४ रुपैयाँ ०९ पैसा पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३० पैसा थियो । चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ छ । खराब कर्जा ४.५४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्