Logo

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२५’ सम्पन्न, लिडर र अभिकर्ताहरुलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२५’ सम्पन्न, लिडर र अभिकर्ताहरुलाई सम्मान



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन लिडर्स नाइटको आठौं संस्करण सम्पन्न भएको छ । साउन १७ गते शनिबारको होटल याक एण्ड यती, दरबारमार्गमा कम्पनीको कार्यक्रम सम्पन्न भएको हो ।

‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थिक वर्ष २०८१–८२ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल सयौं सिटिजन लिडर र अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीको सिल्भर क्लव, गोल्ड क्लव, डाइमण्ड क्लव, प्लाटिनम क्लब र सिटिजन स्टारसहित ४ सय जनाबढी अभिकर्ताको सहभागितामा कार्यक्रम सम्पन भएको छ । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा छनौट भएका अभिकर्ताहरुले कम्पनीले दिएको यो सम्मान र हौसलाले आगामी दिनमा अझै बढी व्यवसाय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्