काठमाडौं । सेयर धितो राखेर आजदेखि एकै व्यक्तिले २५ करोडसम्म कर्जा लिन सक्ने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वयन गर्दै केन्द्रीय बैंकले आजदेखि उक्त सीमा बढाएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सीमा १५ करोडबाट बढाएर अधिकतम २५ करोड बनाएको हो ।…