काठमाडौं । साताको पहिलो काराेबार दिन ‘आईतबार’ उच्च अंकले बढेको बजार दोस्रो दिन भने उच्च अंकले घट्न पुगेको छ । आज सोमबार कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिम समयमा ३५ अंकले घट्दै बन्द भएको हो । आज सेयर बजारमा उच्च अंकको गिरावट आउँदा नेप्से विन्दु २७ सय २५ को विन्दुमा झरेर रोकिएको हो ।
आज कुल ३ सय २१ कम्पनीका २ करोड ११ लाख २ हजार बडि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब १७ कोड २१ लाख माथि पुगेको छ । हिजो आईतबार कारोबार रकम ११ अर्ब माथि पुगेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ९८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ५० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज जलविद्युतबाहेकका सबै समुहको परिसुचकमा गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।