Logo

आजदेखि सेयर धितो राखेर एकै व्यक्तिले २५ करोडसम्म कर्जा लिन सक्ने, सेयर लगानीकर्तालाई सहज

आजदेखि सेयर धितो राखेर एकै व्यक्तिले २५ करोडसम्म कर्जा लिन सक्ने, सेयर लगानीकर्तालाई सहज



काठमाडौं । सेयर धितो राखेर आजदेखि एकै व्यक्तिले २५ करोडसम्म कर्जा लिन सक्ने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वयन गर्दै केन्द्रीय बैंकले आजदेखि उक्त सीमा बढाएको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सीमा १५ करोडबाट बढाएर अधिकतम २५ करोड बनाएको हो । यस व्यवस्थासँगै यसअघिसम्म व्यक्तिगत सेयर लगानीकर्ताले १५ करोडसम्म सेयर धितो कर्जा लिन पाउने भएपनि अब भने २५ करोडसम्म लिन सक्नेछन् ।

सेयर धितोमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको एकिन गरेर मात्र कर्जा प्रवाह वा नवीकरण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरे बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This