काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३४ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४.४६ अंकले बढ्दै २७ सय ६० को विन्दुमा उक्लेर रोकिएको हो ।
आज कुल ३ सय १७ कम्पनीका २ करोड ६५ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हँुदा कारोबार रकम ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबर पुगेको छ ।
आज कारोबारमा आएकामध्ये २ सय ९ कम्पनीको सेयरमूल्यमा वृद्धि आउँदा ३९ कम्पनीको सेयरमूल्य घटेको छ । आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।