Logo

ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउन ९ महिना समय थप, अब चैतसम्म पूँजी पुर्याए हुने

ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउन ९ महिना समय थप, अब चैतसम्म पूँजी पुर्याए हुने



काठमाडौं । धितोपत्र कारोबार गरिरहेका ब्रोकर कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्‍याउन थप ९ महिना समय थपिएको छ । अर्थमन्त्रालयले धितोपत्र व्यवसायी नियमावली संशोधनको प्रस्ताव स्वीकृत गरेसँगै ब्रोकरहरुलाई न्यूनतम चुक्ता पुँजी पुर्याउने समय थप भएको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र व्यवसायी नियमावली’ संशोधन गर्दै पुँजी पुर्‍याउने समयसीमा बढाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले सोमबार उक्त संशोधनलाई स्वीकृति दिएसँगै अब ब्रोकर कम्पनीले आगामी २०८२ चैत मसान्तसम्म पुँजी पुर्‍याउन सक्ने भएका छन् ।

यसअघि असार मसान्तसम्म समय पाएका ब्रोकर कम्पनीहरुले अब चैत मसान्तसम्म समय पाएका छन् । अघिल्लो साता बसेको बोर्डको सञ्चालक समितिको बैठकले ९ महिना समय थप गर्ने निर्णय गरेको थियो ।

बोर्डका अनुसार हाल २३ वटा ब्रोकर कम्पनीले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाँकी छ । बोर्डले २०८१ पुस ८ गते पुँजी नपुगेका ब्रोकर कम्पनीहरूसँग पुँजी वृद्धिको योजना मागेको थियो । सोही योजना र आवश्यक मूल्याङ्कनका आधारमा ९ महिनाको समय थप प्रस्ताव गरिएको बोर्डले जनाएको छ ।

अब मुनाफाबाट लाभांश वितरण गरेर पुँजी पुर्याउन नसक्ने कम्पनीहरूले वैकल्पिक रूपमा पुँजी थप गर्नुपर्ने वा मर्जरमा जानुपर्ने विकल्प खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This