काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उत्साह छाएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ३४.६१ अंकले बढ्दै २७ सय ९४ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय ३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार बढी कित्ता सेयर ९९ हजार ५ सय ५ पटक किनबेच हुँदा कारोबार रकम १४ अर्ब ३ करोड ४८ लाख ४९ हजार रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ५५ कम्पनीको सेयरमूल्य घट्दा १ सय ९३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज उकालो लागेका कम्पनीहरुमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । त्यसमध्ये पनि आज विकास बैंक समुहको परिसुचक सबैभन्दा बढी अर्थात ३ प्रतिशतले उकालो लागेको नेप्सेले जानकारी दिएको छ । यस्तै आज लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समुहको परिसुचकमा समान २ प्रतिशतको वृद्धि देखिएको छ ।
आज बुटवल पावर कम्पनी लिमिटेडको सबैभन्दा बढी ६१ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।