काठमाडौं । सोमबार रेकर्ड अंकमा वृद्धि भएको सेयर बजारको उछाल मंगलबार भने पतन भएको छ । सोमबार अहिलेसम्मकै उच्च १६१.९४ अंकको वृद्धि भएको नेप्से मंगलबार ४४.१८ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक घटेर २९३६. ६० विन्दुमा झरेको छ । नेप्से १.४८ प्रतिशतले घटेको हो भने सेन्सेटिभ परिसूचक पनि ५.०५ अंकले घटेर ५४८.३५ विन्दुमा पुगेको…