Logo

महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम चितवनमा, नयाँ ग्राहकलाई उपहार पनि

महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम चितवनमा, नयाँ ग्राहकलाई उपहार पनि



काठमाडौं ।  नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले चितवनको मिलनचोकमा महिन्द्रा ट्रयाक्टरको शेरुम संचालनमा ल्याएको छ । ग्रुपले आफ्नो डिलर नेटवर्क बतास ब्रदर्सको नयाँ शाखामा महिन्द्रा ट्रयाक्टरको बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम संचालनमा ल्याएको हो ।

महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलहरू सहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त यो बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्रा नेपालका कन्ट्री म्यानेजर आशिष जोशी, जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले सो शोरुमको उद्घाटन गरे ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले महिन्द्रा ट्रयाक्टर उत्पादन उपलब्ध गराउन र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा गुणस्तरीय सेवा प्रदान गर्नमा अधिक केन्द्रित रहँदै आएको बताए ।

बतास ब्रदर्सका प्रबन्ध निर्देशक सान्तराज बताशले नयाँ महिन्द्रा ट्रयाक्टर शोरूमले महिन्द्राका २१५ डीआई युवराज, जिभो २४५ डीआई फोरडब्लूडी, नोभो अर्जुन ६०५ डीआई फोरडब्लूडी, ५७५ डीआईपीएस डीसी युभो जस्ता ट्राक्टरहरूका साथमा गुणस्तरीय स्पेयर पार्टस् उपलब्ध गराउने बताए ।

उद्घाटनका अवसरमा कम्पनीले ट्रयाक्टर ग्राहकहरूको लागि रोमाञ्चक उत्सव योजनाको घोषणा गरेको छ । जसमा एलईडी स्मार्ट टीभी वा रोटाभेटरमा ५० प्रतिशत छुट बीचको विकल्प रोज्न पाइने कम्पनीले जनाएको छ । ६ वर्ष वारेन्टी अवधी, ५ लाखको व्यक्तिगत दुर्घटना बीमाका साथै ५ जना भाग्यशाली ग्राहकहरूका लागि ५ केभीए पावरको डिजल जेनरेटरको बम्पर उपहार पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL