Logo

युनिलिभरले घोषणा गर्यो लाभांश, सेयरधनीले प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश पाउने

युनिलिभरले घोषणा गर्यो लाभांश, सेयरधनीले प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश पाउने



काठमाडौँ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको जनाएको छ ।

laxmi

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ । नगद लाभांशका लागि कम्पनीले यही असोज २५ गते बुक क्लोज हुने बताएको छ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिएको थियो ।

आजको दिनमा कम्पनीको प्रतिकित्ता सेयर २० हजार २८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL