काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले लन्डन र सिङ्गापुरस्थित दुई अन्तरराष्ट्रिय संस्थाबाट प्रतिष्ठित सम्मान प्राप्त गरेको छ । लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलले नेपाल एसबीआई बैंकलाई आधुनिक बैंकिङ नवप्रवर्तनतर्फको च्याम्पियन–नेपाल २०२५ को उपाधिबाट सम्मानित गरेको हो । बैंकले डिजिटल प्रविधिमा एकीकरण गर्दै ग्राहकमैत्री सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ…