Logo

आशा लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

आशा लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तको नाफासँगै प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसको खुद नाफा २४८.२८ प्रतिशतले बढेर २० करोड ९२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ६७.४७ प्रतिशतले बढेर ७३ करोड ८८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ८ करोड ४८ लाख ९७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष २९ करोड ८९ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसको चुक्ता पुँजी ७३ करोड ३० लाख ४५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ १८ पैसाले बढेर २८ रुपैयाँ ५५ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३७ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्