Logo

आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी प्रभावित

आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी प्रभावित



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ । यसअवधिमा कम्पनीको खुद नाफा २७.१९ प्रतिशतले घटेर १० करोड ३१ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ करोड १७ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेसँगै कम्पनीको खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २२.५२ प्रतिशतले घटेर २२ करोड ४५ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २८ करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ४०.३९ प्रतिशतले घटेर १४ करोड ९८ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०३ पैसाले घटेर ९ रुपैयाँ ९८ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १ सय २५ रुपैयाँ ९५ पैसा छ । खराब कर्जा अनुपात ३.३४ प्रतिशत छ । चुक्त पुँजी १ अर्ब ३ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्