Logo

नेपाल एसबीआई बैंकलाई लन्डन र सिङ्गापुरबाट अन्तरराष्ट्रिय सम्मान

नेपाल एसबीआई बैंकलाई लन्डन र सिङ्गापुरबाट अन्तरराष्ट्रिय सम्मान



काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले लन्डन र सिङ्गापुरस्थित दुई अन्तरराष्ट्रिय संस्थाबाट प्रतिष्ठित सम्मान प्राप्त गरेको छ । लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलले नेपाल एसबीआई बैंकलाई आधुनिक बैंकिङ नवप्रवर्तनतर्फको च्याम्पियन–नेपाल २०२५ को उपाधिबाट सम्मानित गरेको हो । बैंकले डिजिटल प्रविधिमा एकीकरण गर्दै ग्राहकमैत्री सेवा प्रवाहमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

त्यसैगरी, सिङ्गापुरस्थित एशियन बैंकिङ एण्ड फाइनान्सले पनि बैंकलाई आर्थिक वर्ष २०२५ का लागि विभिन्न शीर्षकमा सम्मानित गरेको छ । थोक बैंकिङतर्फ बैंकलाई नेपालकै उत्कृष्ट डिजिटल रूपान्तरण बैंक तथा उत्कृष्ट प्रविधि तथा सञ्चालन बैंकका रूपमा छानिएको हो । खुद्रा बैंकिङतर्फ डिजिटल व्यवसायिक बैंकिङ पहल वर्षको पुरस्कार–नेपाल र साना तथा मझौला उद्यमसम्बन्धी उत्कृष्ट बैंक–नेपालका रूपमा सम्मान गरिएको हो ।

यी अन्तर्राष्ट्रिय सम्मानहरूले थोक र खुद्रा दुवै बैंकिङ सेवामा बैंकले पुर्‍याएको नवप्रवर्तन, प्रविधिको प्रभावकारी उपयोग र उत्कृष्ट सेवा प्रवाहप्रति देखिएको प्रतिबद्धताको पुष्टि गरेका छन् ।

नेपाल एसबीआई बैंकले ३२ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले १०१ वटा शाखा, २२ वटा विस्तार काउन्टर, ७ प्रदेश कार्यालय, २० वटा शाखारहित बैंकिङ सेवा केन्द्र, १२५ वटा एटिएम र एक मुख्य कार्यालयमार्फत देशभर आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्