काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तले ५ करोड २४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ९४ लाख ५९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । यस संस्थाको खुद ब्याज आम्दानी ५२.३७ प्रतिशतले बढेर २७ करोड ४ लाख २७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ७ करोड ७९ लाख रुपैयाँ गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २४ करोड ६८ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ २४ पैसा छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा ऋणात्मक थियो । खराब कर्जा ४.७३ प्रतिशत छ ।