Logo

गणपति लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

गणपति लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गणपति लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यसअवधिमा कम्पनीको खुद नाफा १७९.५१ प्रतिशतले बढेर ४ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ५२ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

खुद ब्याज आम्दानी ४१.७१ प्रतिशतले बढेर १७ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड १९ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष २ करोड २६ लाख ३३ हजार रहेको सञ्चालन नाफा यो वर्ष ६ करोड ७ लाख १८ हजार रुपैयाँमा आएको छ ।

असार मसान्तसम्म यस कम्पनीको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ । यता, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०१ पैसाले बढेर २८ रुपैयाँ ०४ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ०३ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्