Logo

नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता, स्वास्थ्य सेवा शुल्कमा विशेष छुट

नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता, स्वास्थ्य सेवा शुल्कमा विशेष छुट



काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा। लि।बीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ।

सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

सम्झौता अनुसार ग्राहक तथा कर्मचारीहरूले प्याथोलोजी जाँच सेवामा निःशुल्क होम स्याम्पल कलेक्सनको सुविधा पाउनेछन्। साथै, औषधि खरिदमा बिल रकमको ७ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरको तर्फबाट ल्याब निर्देशक डा। आभाष कोइरालाले हस्ताक्षर गरेका हुन्।

यस सम्झौतापछि नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस्