Logo

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई विपद् उद्दार सामग्री हस्तान्तरण

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई विपद् उद्दार सामग्री हस्तान्तरण



काठमाडौं । मनसुनजन्य विपद् तथा आकस्मिक घटनाहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्दार सामग्री प्रदान गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरूसहितका आपतकालीन उद्दार उपकरणहरू मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो।

उक्त सामग्री एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा लाइफ ज्याकेट, रबर बोटलगायतका उपकरणहरू प्रदान गरिएको थियो। बाढी, डुबान लगायतका जलजन्य विपद्को जोखिम उच्च हुने मनसुनको समयमा यस्ता सामग्रीले प्रहरीको उद्दार कार्यमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

एनएमबि बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जनाएको छ। यस किसिमको सहयोगबाट समुदायमा बैंकको उत्तरदायी भूमिका थप स्पष्ट हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्