काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन भड्किएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई दूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको छ । जारी कोटा विरोधी प्रदर्शनमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णय गरिसकेको छ । ढाकास्थित नेपाली राजदूतावासले बुधबार…