काठमाडौं । चालु आर्थिक बर्षमा ५ ओटा ग्यास उद्योग दर्ता भएका छन् । ती उद्योगले उद्योग विभागबाट सञ्चालनको स्वीकृति पाइसकेको बताइएको छ । विभागका अनुसार बुद्ध इण्डष्ट्रिज प्रालि, नोवेल ग्यास उद्योग प्रालि, सान्भी ग्यास उद्योग प्रालि, पाथिभरा ग्यास उद्योग प्रालि र विरता ग्यास उद्योग प्रालिले सञ्चालनको स्वीकृति लिएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी…