काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । सो दिन सुन तोलाको ५५ हजार ४ सय रुपैयाँमा किनवेच भएको छ । सोमवार सुन तोलाको ५५ हजार १ सयमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।…