काठमाडौं । बिहीवार नेप्से परिसुचक ४ दशमलव ७० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ७४ दशमलव ८७ अंकमा झरेर बजार बन्द भएको हो । बिहीवार अधिकांश समुह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ६२ दशमलव ३९ अंकले ओरालो लागेको…