Logo

महानगरलाई स्मार्ट सिटी बनाउने प्रक्रिया शुरु, पहिलो चरणमा ४ वडा छानिदै

महानगरलाई स्मार्ट सिटी बनाउने प्रक्रिया शुरु, पहिलो चरणमा ४ वडा छानिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रक्रिया शुरु भएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकालाई स्मार्ट सिटीमा परिणत गर्ने उद्देश्य अनुरुप काम शुरु गरेको मानव संसाधन विकास शाखाका निर्देशक नवराज ढकालले जानकारी दिए । जस अनुसार पहिलो चरणमा महानगरभित्रका ४ओटा वडालाई स्मार्ट वडा बनाउन कार्यदल गठन भएको छ ।
ढकालको नेतृत्वमा गठन भएको ३ सदस्यीय कार्यदलले उपत्यकाका वडाहरुको अध्ययन गरि वडा छनौट गर्नेछन् । विशेषगरी भौतिक पूर्वाधार,पार्किङ तथा सेवाग्राहीको ‘फ्लो’ हुने वडा कार्यलय रोजाइमा पर्ने उनले बताए ।
विशेषगरी ६ महिनाभित्र ४ ओटा वडा कार्यलायलाई लैगिंकमैत्री,पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित काम अघि बढाउन लागिएको उनले जानकारी दिए ।

कस्तो हुने छ स्मार्ट वडा?

स्मार्ट वडा विशेषगरी लैंगिकमैत्री हुने छ । त्यस्तै वडा कार्यलयमा प्रतिक्षा कक्ष, डिजिटल वडापत्र,अनलाइनबाट फारम भर्ने सुविधा, भर्न नआउनेलाई सहयोगीको व्यवस्था, टोकन सिस्टमको हुने छ । त्यस्तै त्यहाँ हेल्प डेस्कको पनि व्यवस्था गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL